गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

कास्की
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए । उनको पक्षमा ३५ मत प्राप्त भएको छ ।

कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसदको गरी ३५ मत प्राप्त गरेका हुन् । यस्तै, उनको विपक्षमा एमालेको २२ र तटस्थ राप्रपाको २ मत रहेको छ । संसद्‍मा ५९ जना सांसदको उपस्थिति रहेको थियो ।

सभामुख कृष्णप्रसाद धितालले पाण्डेले बहुमतले विश्वासको मत प्राप्त गरेको बताए । पाण्डे माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका पाण्डेले उपधारा ४ बमोजिम विश्वासको मत लिएका हुन् । सरकारलाई बहुमत प्राप्त गर्नको लागि ३१ सिट आवश्यक पर्दछ । पाण्डेले विश्वासको मत लिएपछि गण्डकीमा मन्त्रिपरिषद् विस्तार गरिने सचिवालयले जनाएको छ ।

पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । सत्तारुढ दलबीच मन्त्रालयको भागबन्डामा सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनको केन्द्रीय बैठकले नै मन्त्रालयको टुंगो लगाउने दलहरूले जनाएका छन् ।

प्रकाशित मिति : बिहिबार, बैशाख २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij