पाल्पा
लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता वीर बहादुर रानाले मुलुकमा ब्याप्त बिकृति र बिसंगतिहरूका बारेमा पत्रकारहरूले दृढताका साथ कलम चलाउनुपर्नेमा जाेड दिएका छन् ।
आइतबार पाल्पाको तानसेनमा आयाेजित नेपाल प्रेस युनियन पाल्पाको ९ औं अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्दै रानाले केही ब्यक्तिहरूकाे गलत क्रियाकलापका कारण ब्यवस्थाप्रतिनै प्रश्न चिन्ह खडा गरेकोले त्यसलाई पनि पत्रकारहरूले चिर्नुपर्ने बताए ।
उनलेे नेपाली कांग्रेस पार्टी भित्रका किकृति बिसंगतिका बिरूद्व दृढताकासाथ कलम चलाउन पनि प्रेस युनियनमा आवद्व पत्रकारहरूलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले सरकारले लाेक कल्याणकारी विज्ञापन कटौती गर्न लागेको भन्दै साे कटौती गरिए युनियन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
अधिवेशनले युनियनको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
प्रकाशित मिति : आइतबार, बैशाख ३१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्