नारायणीमा डुंगा डुब्दा श्रीमान्–श्रीमतीको मृत्यु

नारायणीमा डुंगा डुब्दा श्रीमान्–श्रीमतीको मृत्यु

file photo

काठमाडौं : नारायणी नदीमा डुंगा डुबेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।  पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी नदीमा डुबेर दम्पतीको मृत्यु भएको हो।

 

मृत्यु हुनेमा मध्यविन्दु–२ का ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटे रहेको जिल्ला प्रहरी कार्यालय  पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले जानकारी दिए।

डीएसपी पाठकका अनुसार बोटे दम्पती डुंगा चढेर निगुरो टिप्न नारायणी पारी गएका थिए। पारी नपुग्दै डुंगा डुब्दा दुवै जना नदीमा बेपत्ता भएका थिए। बेपत्ता दुवैको शव फेला परेको छ। मृतक दुवै को शव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दुमा राखिएको प्रहरीले जनाएको छ।

आइतबार साँझ आएको हावाहुरीका कारण डुंगा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij