लुम्बिनी प्रदेश : आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री मास्कीलाई

लुम्बिनी प्रदेश : आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री मास्कीलाई

दाङ –लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी धनबहादुर मास्कीले पाएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्। उनी यसअघि विनाविभागीय मन्त्री थिए।

 

 

उनी गत वैशाख १५ गते विनाविभागीय मन्त्री नियुक्त भएका थिए। गत वैशाख १४ मा  नेपाली काँग्रेस, माओवादी केन्द्रसहित ८ दलका समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनीसँगै ३ जना विनाविभागीय मन्त्री नियुक्त भएका थिए।

मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको भए तापनि अझै सन्तोषकुमार पाण्डेय र धर्मबहादुर चौधरीलाई भने कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।

माओवादी केन्द्रबाट दाङ क्षेत्र-३ (ख) बाट मास्की निर्वाचित  भएका थिए। उनले सोमबार नै कार्यभार सम्हाल्ने छन्। मन्त्री थप्ने तथा भागबन्डाको विषयमा बुधबार मात्र टुंगो लगाउने तयारी गठबन्धनको छ।

प्रदेशमा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास मन्त्रालय अझै नेतृत्त्वविहीन रहेका छन्।

मुख्यमन्त्रीले १८ वैशाखमा विश्वासको मत लिएका थिए। काँग्रेस, माओवादी केन्द्रसहित विभिन्न ८ दल र एकजना स्वतन्त्र सांसद गरि ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन्।

हालको गठबन्धनमा  नेपाली कांग्रेसका २७ जना, नेकपा माओवादी केन्द्रका ११ जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपा, लोसपा र जनमत पार्टीका ३/३ जना, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद तथा एक जना स्वतन्त्र सांसद छन्।

विपक्षमा नेकपा एमालेका २९ र राप्रपाका ४ सांसदहरू रहेका छन्।

 

प्रकाशित मिति : सोमबार, जेष्ठ १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij