काठमाण्डाै – दक्षिण एसियाली फुटबल महासङ्घले आयाेजना गर्ने साफ च्याम्पियनशिपकाे समूह चरणकाे ‘ड्र’ सार्वजनिक भएकाे छ ।
बुधवार सार्वजनिक भएकाे ‘ड्र’ अनुसार नेपाल र भारत एउटै समूहमा परेका छन् । समूह ‘ए’ मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
साफ च्याम्पियनशिप आउँदाे असार ६ देखि १८ गतेसम्म भारतमा हुनेछ । नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।
फुटबलकाे सर्वाेच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का रहेकाे छैन । याे संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टाेलीकाे रूपमा खेल्ने छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्