काठमाण्डाै – चितवनकाे भरतपुरमा-१७ नारायणचोकमा गैँडाकाे आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।
गैँडाकाे आक्रमणबाट नारायणचोकका ६० वर्षीय झलकराज पौडेलकाे ज्यान गएकाे हाे ।
पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उहाँकाे उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएकाे हाे । सामान्य घाइते भएका ५७ वर्षीय टङ्कनाथ रेग्मी भने उपचारपछि घर फर्कनु भएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्