काठमाडौं : संघीय संसद्का दुवै सदनमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ।
शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रममाथि आइतबारदेखि दुवै सदनमा छलफल शुरु भएको हो।
नीति तथा कार्यक्रममाथिको छलफलका लागि सोमबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। छलफलको पहिलो दिन २० सांसदले आफ्नो संशोधन प्रस्तावसहित भाग लिएका थिए।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्