काठमाण्डाै
नेपालले महिला टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा एक/एकको बराबरी गरेको छ ।
आज बिहान बाङ्गीमा भएको खेलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रुविना श्रेत्रीले अविजित सर्वाधिक २९ रन बनाइन् । त्यस्तै, कविता कुँवरले २६ र सीता राना मगरले २३ रन जोडिन् ।
मलेसियाका ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसा यासमिन जुक्किफीले सर्वाधिक २८ रन बनाइन् ।
नेपालका रुविना क्षेत्रीले २ तथा इन्दु बर्मा र कविता कुँवरले एक/एक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । शृङ्खला अन्तर्गत बिहीवार तेस्रो, शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्