बुटवल
एक युवकको चक्कु प्रहारबाट कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ बर्षका मोहन थारुको चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार बिहान सवा नौ बजेतिर अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले जानकारी दिए ।
मोहनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । मोहन र अञ्जनीबीच विगतमा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्