बुटवल-लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम आज शुक्रबार आउने भएको छ ।
प्रदेश सरकारले यसअघि बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरे पनि एकदिन ढिला गरि शुक्रबार मात्रै ल्याउन लागेको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रयोजनका लागि बिहीबारका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरि शुक्रबार सारिएको हो ।
प्रदेश सरकारले रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
प्रदेश सरकारले एक वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको उनको भनाइ छ ।
रोजगारीका क्षेत्र किटान गरेर गरीब, सीमान्तीकृत, अल्पसंख्यक, मुक्त कमैया, कमलरी, महिलालगायतलाई रोजगारीमा प्राथमिकता दिइनेछ । नीति तथा कार्यक्रममा प्रदेशको वन र खानीलाई उपयोग गरी त्यसबाट आर्थिक उपार्जन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।
नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमका रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम समावेश गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्