काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका लागि आज उजुरी खोलिएसँगै उजुरीकर्तासँग यससम्बन्धी छलफल गर्न कार्यविधि पारित गरेको हो ।
यससँगै जेठ ३१ गते बुधबार ११ बजे अर्को बैठक बोलाउने निर्णय भएको छ ।
यसैबीच प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ भित्रमा गते हुने भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ । कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्