चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैदको फैसला, ६ अर्ब १६ करोड रुपैयाँका दरले जरिबाना

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैदको फैसला, ६ अर्ब १६ करोड रुपैयाँका दरले जरिबाना

काठमाण्डाै – विशेष अदालतले कर फर्स्याेट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज सजाय जरिबानाको फैसला तोकेको हो । फैसला अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना तथा उमेश ढकाल र  चुडामणि शर्मालाई ९/९ वर्ष कैद हुने भएको छ ।

यस्तै, उनीहरुले ४ अर्ब १० करोड ४६ लाख ९७ हजार रुपैयाँ जरिबाना तिर्नुपर्नेछ । बिगो र जरिबाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, असार ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij