JanataToday.com

Advertisment

SKIP THIS

एकदिवसीय वरीयतामा नेपाल यथावत्, आसिफ र साेमपाल १ स्थान माथि उक्लिए

एकदिवसीय वरीयतामा नेपाल यथावत्, आसिफ र साेमपाल १ स्थान माथि उक्लिए

काठमाण्डाै – नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत् रहेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेकाे नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेकाे छ ।

नेपाल ३८ खेलमा ३५ रेटिङका साथ १४ औँ स्थानमा छ । नेपालले यही हप्ता आईसीसी विश्वकप छनोटमा चारमध्ये तीन खेलमा पराजित भए पनि वरीयता यथावत् रहेकाे हाे ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताकाे शीर्ष स्थानमा अस्ट्रेलिया छ । यस्तै पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इङ्ग्ल्यान्ड पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् ।

नयाँ वरीयताअनुसार नेपालका ब्याटर आसिफ शेख र बलर साेमपाल कामीले १/१ स्थान सुधार गरेका छन् । आसिफ ७२ औँ स्थानमा उक्लिँदा साेमपाल ७४ औँ स्थानमा आइपुगेका छन् ।

प्रकाशित मिति : बुधबार, असार १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij