मुख्यमन्त्रीले दिएनन् समय, पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक

मुख्यमन्त्रीले दिएनन् समय, पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक

बुटवल । नयाँ शक्ति नेपाल ५ नम्बर प्रदेश समितिले प्रदेशमा सुशासन कायम गर्न माग गरेको छ ।

नयाँ शक्तिले गाडी खरिद प्रकरणदेखि प्रदेश आयोग गठन सम्मको विरोध गरेको छ । पार्टीले सिधै मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउन नपाएर पत्रकार सम्मेलन गरी ज्ञापनपत्र सार्वजनिक गरेको छ । मुख्यमन्त्री पोखरेलले तीनपटक सम्म समय माग गर्दा पनि समय उपलब्ध नगराएकोले पत्रकार सम्मेलन गरेको नयाँ शक्तिले बताएको छ ।

नयाँ शक्तिका प्रदेश संयोजक कमल खनालले प्रदेश सरकारका कामकारबाही जनमुखी एवं सुशासन र सदाचारयुक्त हुन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए ।

खनालले मुख्यमन्त्रीले पटक-पटक समय माग गर्दा पनि ज्ञापनपत्र बुझाउन समय नदिएको र दिउँसो १२ बजे समय तोकीए पनि मुख्यमन्त्री कार्यालय पुगेपछि फिर्ता पठाएको बताए ।

पत्रकार सम्मेलनमा प्रदेश सरकार र प्रदेश सचिवालयले खरिद गरेको २३ करोडको गाडी खरिद प्रकरणमा अनियमितता भएकाले तत्काल छानबिनको माग गरिएको छ ।

त्यसैगरी, प्रदेश सरकारले गठन गरेको विकास परिषद् दलीय कार्यकर्ता भर्तीकेन्द्र भएकाले त्यस्ता आयोग, परिषद् गठन गर्दा दलीय आधारभन्दा विज्ञता र सक्षमतालाई ध्यान दिन समेत आग्रह गरिएको छ । प्रदेशका सरकारी कार्यालयमा हचुवाका भरमा आफ्ना कार्यकर्ता भर्ति गर्ने, बजेटको स्वविवेकीय प्रयोग गर्ने, बिना अध्ययन करका दर बढाएर नागरिकको ढाड सेक्ने गतिविधि नगर्न समेत नयाँ शक्तिले प्रदेश सरकारसँग माग गरेको छ ।

प्रदेशका भूमिहीन तथा अतिविपन्न परिवारका लागि आवासको प्रबन्ध गर्न, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्ने, अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रण गरी राजस्व संकलनलाई व्यवस्थित गर्न तथा प्रदेश सभाले सेवासुविधाकै लोभमा अनावश्यक रुपमा संसदीय समिति थप गरी प्रदेशलाई आर्थिक रुपले बोझिलो बनाउने काम बन्द गर्न समेत माग गरिएको जनाएको छ ।

पार्टीले स्थानीय तहमा जनमुखीभन्दा पनि आफ्नै सेवासुविधामा जनप्रतिनिधि केन्द्रित भएको र संघीय सरकारले बनाउन लागेको शान्ति सुरक्षा कायम सम्बन्धी नयाँ कानूनमा नागरिकले गर्ने प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधान राख्न लागिएकोप्रति असहमति प्रकट गर्दै पार्टीले राखेका मागप्रति प्रदेश सरकार जिम्मेवार नभए सशक्त आन्दोलन समेत गर्ने चेतावनी दिएको पत्रकार सम्मेलनमा पार्टीका नेता यज्ञ पोखरेलले बताए ।

प्रकाशित मिति : शुक्रबार, माघ २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij