बुटवल १२ मा अवस्थित मुक्तिनाथधाममा संकटमोचन अनुष्ठान शुभारम्भ

बुटवल १२ मा अवस्थित मुक्तिनाथधाममा संकटमोचन अनुष्ठान शुभारम्भ

बुटवल

बुटवल १२ मा अवस्थित मुक्तिनाथधाममा संकटमोचन अनुष्ठान शुभारम्भ भएको छ । श्रावणमहिनाको पहिलो सोमबारका दिन आज लुम्बिनी प्रदेशका मुख्मन्त्री डिल्ली चौधरीले रुद्धाभिषेक सहित शिवमहोत्सव संकटमोचन अनुष्ठान उद्घाटन गरेका हुन् ।

चौधरीले धामलाइ ऐतिहासिक स्थलका रुपमा विकास गरिने र सरकार धार्मिक पर्यटन मार्फत् आर्थिक समृद्धीको दिशामा अघि बढेको बताए ।सो अवसरमा बुटवल नगर प्रमुख खेलराज पाण्डेय लगायत,उपप्रमुख साबित्रादेवि अर्याल लगायतले पूजाअर्चना गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री चौधरीलाइ अभिनन्दन समेत गरिएको थियो ।

धाममा प्रमुख संरक्षक स्वामी लोकानन्दले प्रदेशकै मुल धामको रुपमा मुक्तिनाथधामलाई स्थापित गरिएको बताउनुभयो । उहाँले धामको गुरुयोजना पूरा गर्नए थप ४ करोड आबश्यक रहेको उल्लेख गरे । धाममा बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो । धाममा अनुष्ठान अवधिभरमा चार करोड दीप बालिने छ भने संगीतमय कथा वाचन भने कृष्ण सुवेदीले गरेका थिए ।

साउनको पहिलो सोमबार आज देशभरका शिवधामहरुमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, ब्रत, दर्शन एवं जल चढाउने परम्परा छ ।

साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा गर्ने चलन बढ्दै गएको छ । यस्मा युवापुस्ताको पनि बाक्लो सहभागिता हुँदै गएको देखिन्छ । साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले शिवधामहरुमा बिहानैदेखि श्रद्धालुको ओइरो लागेको धामका प्रमुख संरक्षक स्वामि लोकानन्दले जानकारी दिए ।

रुपन्देहीका शिवधामहरु मुक्तिनाथधाम, सैनामैनाको पर्रोहा परमेश्वर बोलबमधाम, नरेनापुर शिवधाम, सिद्धबाबाधाम, निलकण्डबाबा धामहरुमा पनि बिहानैदेखि भक्तजन जर्लापणका लागि पुगेका छन् ।

प्रकाशित मिति : मंगलबार, साउन २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij