लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

दाङ – लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो हो । आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताउनुभयो ।

कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागू गरिने स्वास्थ्यमन्त्री खनालको भनाइ छ । यसका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि तयार हुनेछ

प्रकाशित मिति : बुधबार, साउन १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij