बुटवल -रिटर्नी माइग्रेन्ट नेपालकाे छैठौं स्थापना दिवसकाे अवसरमा शनिबार वृक्षारोपण गरिएकाे छ । बुटवल उपमहानगरपालिकाकाे वाड नम्बर ३ मा रहेकाे पहिराे ग्रष्त क्षेत्र ज्याेतिनगरकाे दुर्गा मन्दिर क्षेत्रमा वृक्षारोपण गरिएकाे हाे । कार्यक्रममा विभिन्न पाँच प्रजातिका २०० बिरुवा राेपिएकाे रिटर्नी माइग्रेन्ट रूपन्देहीका अध्यक्ष सन्ताेष अर्यालले बताए ।
कार्यक्रममा कागतीका ५० , अम्बाका ५० , कपुरका ५० , दालचीनीका ३० र डुम्रीका २० बिरुवा राेपिएकाे अध्यक्ष अर्यालले जानकारी दिए । कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्थापनाकाे अवसरमा वृक्षारोपणका लागि बुटवलकाे पहिराे ग्रष्त क्षेत्रलाई राेजेकाेमा धन्यवाद व्यक्त गर्दै अागामी दिनमा अझै प्रशंसनीय काम गर्न अाग्रह गरे ।
कार्यक्रममा उपप्रमुख साबित्रा अर्याल , वाड नम्बर ३ का अध्यक्ष विष्णु ढकाल , संस्थाका केन्द्रीय उपाध्यक्ष सीता बस्याल , केन्द्रीय सदस्यहरु तारा ज्ञवाली , षडानन्द पोख्रेल , सल्लाहकार विष्णु सापकोटा , रिखिराम बस्याल , वडाका जनप्रतिनिधिहरु , कार्यक्रम सहजकर्ता बाढी पहिरो व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापालगायतकाे उपस्थिति रहेको थियाे । जिल्ला काेषाध्यक्ष सीता पाण्डेकाेे स्वागत रहेकाे कार्यक्रममा सह सचिव राजेन्द्र बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रकाशित मिति : शनिबार, साउन २० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्