काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ ।
सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य/प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना [email protected] अथवा ९८५१२९१३११ मा समेत सम्पर्क राख्न अनुरोध गरेको हो ।
यस्तै कार्यालयमै पुगेर पनि सूचना, तथ्य वा प्रमाण उपलब्ध गराउन सकिने र यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्राेत गोप्य रहने पनि सीआईबीले जनाएको छ । आमनागरिककाे साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सकारात्मक सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।
एक महिना अगाडि भन्सार छली ल्याइएको साढे ६० किलो सुन र विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत सुक्ष्म रूपमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्