काठमाण्डाै – धरानमा क्रियाशील १३ वटा राजनीतिक दलले भोलि शनिवार हुने कार्यक्रम स्थगित गरेर धार्मिक र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
धरानमा आज शुक्रवार बसेको सर्वदलीय बैठकले साझा विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेका छन् । उनीहरूले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री शेयर नगर्न अनुरोध गरेका छन् ।
दलहरूले संयुक्त विज्ञप्तिमा सबै जाति, धर्म, समुदायले एकआपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगर्न अनुरोध गरेका छन् । भाेलिको कार्यक्रम स्थगित गर्न र सबै विषयको वार्तामार्फत समाधान खोज्न दलहरूको आग्रह छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टीलगायतका नेताले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्