लगातारको झरी धेरैजसो ठाउँमा रोकियो, केही ठाउँमा वर्षाको सम्भावना

लगातारको झरी धेरैजसो ठाउँमा रोकियो, केही ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ – केही दिनदेखि परेको लगातारको झरी आजदेखि कम भएको छ ।

पछिल्लो तीन घण्टादेखि देशको थोरै ठाउँमा मात्रै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।

आज राति कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि विगत केही दिनदेखिको जस्तो देशैभरी निरन्तर वर्षाको सम्भावना अबका केही दिन नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

निरन्तर पानी पर्ने क्रम अब बिस्तारै कम हुने उहाँले बताउनुभयो ।

भोलि गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

पर्सि सोमवार देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

लगातार वर्षाको सम्भावना कम रहे पनि मनसुनको समय भएकोले केही समय पानी पर्ने सम्भावना देशैभर रहने महाशाखाले जनाएको छ ।

यसैबीच चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।

दिउँसो इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर बेलुका साढे ५ बजेपछि गाडी चलाएको सडक डिभिजन कार्यालयले भरतपुरले जानकारी गराएको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij