समाजवादी मोर्चाद्वारा बुटवलमा सन्देश सभाको तयारी,प्रधानमन्त्री प्रचण्डसहितका शिर्ष नेताहरूले सम्बाेधन गर्ने

समाजवादी मोर्चाद्वारा बुटवलमा सन्देश सभाको तयारी,प्रधानमन्त्री प्रचण्डसहितका शिर्ष नेताहरूले सम्बाेधन गर्ने

बुटवल
चार दलीय समाजवादी मोर्चाले बुटवलमा लुम्बिनी प्रदेश स्तरीय सन्देश सभाकाे तयारी गरेको छ ।

नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र जनता समाजवादी पार्टीको समाजवादी माेर्चाले यही भदौ १२ गते बुटवलमा सन्देश सभा गर्नुकासाथै माेर्चाकाे प्रदेश स्तरीय नेतृत्व घोषणाको तयारी गरेको हो ।

मोर्चाले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी सन्देश सभाको तयारी बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले मुलुकको हित र विकासको लागि दलगत रुपमा समान धारणाको विकास गर्ने र अन्ततः पार्टी एकीकरण सम्मकाे योजना रहेको जानकारी दिए ।

उनलेे समाजवादी मोर्चा कसैका विरुद्ध नभई मुलुकको हित, प्रतिगमनका विरुद्ध, उपलब्धिको रक्षा, समाजवादको गन्तव्य तय गर्नको लागि गठन गरिएको बताए ।

माेर्चा गठनबाट अरु दल तर्सिनु नपर्ने उनको भनाइ थियो ।

उनका अनुसार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सन्देश सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित मोर्चाका शिर्ष नेताले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य बसन्त श्रेष्ठले देशको राजनितिक अबस्था फेरिएको र आन्दोलनका उपलब्धीमाथी प्रहार हुने सम्भावना बढ्दै गएका कारण प्राप्त उपलब्धिको रक्षा तथा राष्ट्रियता र मुलुकको समृद्धिका लागि माेर्चा गठन गरिएको बताए ।

बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरीय सन्देश सभा व्यवस्थापनको जिम्मा नेकपाले लिएको छ । सोही अनुसार सभाको सबै तयारी अन्तिम चरणमा पुगेको नेकपा रूपन्देहीका इन्चार्ज शरद वलीले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, भाद्र १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij