काठमाण्डौलाई ट्रान्जिट बनाएर नेपाल एअरलाइन्सले भैरहवाबाट हङकङ र दिल्ली उडान गर्ने

काठमाण्डौलाई ट्रान्जिट बनाएर नेपाल एअरलाइन्सले भैरहवाबाट हङकङ र दिल्ली उडान गर्ने

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले काठमाण्डाैलाई ट्रान्जिट बनाएर भैरहवाकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीमा पर्सि मङ्गलवारदेखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको छ । भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमकाे योजना रहेको छ ।

उडान तालिकाअनुसार बिहान ८ बजेर १५ मिनेटमा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाण्डाैमा अवतरण गर्नेछ । त्यसपछि ‘ट्रान्जिट’ भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै ‘कनेक्टिङ’ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि ‘चेक इन’ गर्दाकै बेला गन्तव्यसम्मकै ‘बाेर्डिङ पास’ पास दिने र ‘लगेज’ सिधै गन्तव्यमा लिने निगमले व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने काम तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको छ ।

यात्रुले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिन सक्नेछन् ।

प्रकाशित मिति : आइतबार, भाद्र १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij