कांग्रेसमा उठ्यो पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

कांग्रेसमा उठ्यो पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

काठमाडौँ, ११ चैत प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकमा । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ ।

‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नसुभएको छ । उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेता गोपाल दहितले भने ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने बताएका हुन् ।

नेपाली कांग्रेस निकट शिक्षकहरुको पनि संघ छ । कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध छन् । कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेता दहितले पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग राखेका हुन् ।

‘यदि नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरु खारेजी गर्नुपर्छ’ उनले अगाडि भने, ‘उनीहरुलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यावसाय गर्न दिने हो । प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन ।’

विश्वभरका विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको नेता दहित भन्छन्, ‘नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको वाधकको रुपमा युनियनहरु पाइरहेका छौं ।’

नेकपा एमालेमा युनियन पार्टी संगठनकै रुपमा रहेको पनि कांग्रेस नेता दहितले स्मरण गरे ।

साथै, कांग्रेस नेताहरुले शिक्षकहरुको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग राखेका छन् ।

विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि कांग्रेस नेताहरुले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।

कांग्रेसले विद्यालय शिक्षा विधेयककै विषयमा छलफल गर्न सांसदहरुको बैठक समेत आह्वान गरिसकेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार यही असोज ८ र ९ गते कांग्रेस सांसदहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकका विषयमा सामूहिक छलफल गर्नेछन् । छलफलका आधारमा विधेयकउपर संसदीय प्रक्रियामा अगाडि बढ्ने कांग्रेसको तयारी छ ।

विद्यालय शिक्षा विधेयक सार्वजनिक सरोकारमा चर्चाको विषय भएको उल्लेख गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले पार्टीका केन्द्रीय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा भाग लिन आमन्त्रण गरेका छन् ।

विद्यालय शिक्षा विधेयक केन्द्रित कांग्रेसको छलफल नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा हुनेछ ।

कांग्रेस प्रमुख सचेतक लेखकका अनुसार विधेयक केन्द्रित छलफल गर्ने निरन्तरको कार्यक्रमअन्तर्गत असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयक केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम राखिएको हो । असोज ११ गते विद्युत विधेयक केन्द्रित छलफल राखिएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij