बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा

बुटवल

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा गरिएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरिएको हो ।
यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ अधिवेशनबाट संघको नेतृत्व लिनको लागि अध्यक्ष पदमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहनु भएका हरीप्रसाद अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईलाई दिनेशप्रसाद श्रेष्ठको प्यानलमा पनि राखिएको छ । उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महशुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताउनु भयो । उहाँले उम्मेदवारी घोषणा गर्दै आफू र आफ्नो समुह विजयी भएमा ११ बुदे प्राथमितकता पनि राख्नुभएको छ ।

यो समुहले पदाधिकारी सहित कार्यसमिति सदस्यको उम्मेदवार पनि घोषणा गरेको छ । यो समुहबाट कार्यसमिति सदस्यमा काशीराम पौडेल, दीपक चापागाई, जमुना पौडेल, लोकनाथ पाण्डे, जगन्नाथ न्यौपाने, नमकला वेलवासे, रामबहादुर भण्डारी, सुनिता बञ्जाडे, गणेश भट्टराई, दीपक घिमिरे, माधवप्रसाद भुसाल, कमला पन्थ, ज्ञानबहादुर पुन, दीप आचार्य, सवर मिया, इर्साद अली र नारायण रायमाझीको नाम घोषणा गरिएको हो ।

प्रकाशित मिति : शुक्रबार, असोज १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij