पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

काठमाण्डाै
पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएकोअख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष तथा अहिलेका सदस्य सचिव डा. मिलनकुमार थापासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । ढकाल र थापाले जलहरी राख्ने क्रममा एक किलो ४९१ दशमलव ७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको अख्तियारकाे दाबी छ ।

यस्तै अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके अर्थात् स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले सुनको अभिलेख पारदर्शी रूपमा नराखेको अख्तियारको आरोप छ ।

प्रकाशित मिति : आइतबार, असोज १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij