काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ ।
प्रशासनले आज बुधवार विज्ञप्ति निकालेर सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन चेतावनी दिएको हो । बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने सङ्केत देखिएपछि हिजो मङ्गलवार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु यथावत् छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख प्रशासकीय अधिकृत विष्णु शाहनीले आज निकाल्नुभएको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको बताउनुभयो ।

अन्तिम अपडेट: असोज १७, २०८०
प्रकाशित मिति : बुधबार, असोज १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्