सल्यान बस दुर्घटना अपडेट : मृतक दुबै जनाको सनाखत

सल्यान बस दुर्घटना अपडेट : मृतक दुबै जनाको सनाखत

दाङ – सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ का ३१ वर्षीया सुनिता सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४४ वर्षीया अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुवैको घटनास्थलमै मृत्यु भएको हो । दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो करिब ३ बजेतिर राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ मूलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो ।

यस्तै बस दुर्घटना परी घाइते भएका १५ जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । ति मध्य २ जनालाई थप उपचारको लागि बाँके रिफर गरिएको र १३ जना उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । २ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका ४ खर्सुबास बस्ने ५३ वर्षीय चित्रा डाँगी, गाडी मालिक तथा चालक शारदा नगरपालिका १० मदना बस्ने २५ वर्षीय मेघराज कुवर ९ दायाँ खुट्टा भाँचिएको, अवस्था मध्यम ० थप उपचार मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ ।

यस्तै त्रिवेणी गाउँपालिका ६ स्याला बस्ने ५९ वर्षीया कुमारी चन्दको दायाँ , त्रिवेणी ६ लुहाम बस्ने ६३ वर्षीय हुम बहादुर बस्नेत, ५० वर्षीया धनी बस्नेत , त्रिवेणी ४ जयचौर बस्ने ३६ वर्षीय दल बहादुर डाँगी घाइते भएका थिए । यस्तै शारदा नगरपालिका ३ खलङ्गा बस्ने २२ वर्षीया प्रतिमा कुवर, शारदा १२ बस्ने २७ वर्षीया माया राना , छत्रेश्वरी गाउँपालिका १ मूलखोला बस्ने २४ वर्षीया खडक बहादुर बिक, सोही ठाउँ मूलखोला बस्ने २६ रूपा बिक, झिम्पे बस्ने १८ वर्षीया देवा बिक, सोही ठाउँका ६० वर्षीय कमान सिंह बिकलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

तुलसीपुर ६ स्याउली बजार बस्ने ६० वर्षीय प्रेम बहादुर बूढा, तुलसीपुर ९ बेलुवा बस्ने २० वर्षीय प्रमोसन रिजाल कपुरको गाउँपालिका ५ जामुने बस्ने ७१ वर्षीया बिनी साहु घाइते भएका थिए । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । प्रहरीका अनुसार गाडीलाई साइड दिने क्रममा जमिन भासिएपछि बस दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : शनिबार, असोज २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij