बुटवल, २९ असोज ।
नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री बिष्णु पौडेलले मुलुकको अर्थतन्त्र शिथिल मात्र नभएर संकटपूर्ण आर्थिक मन्दिमा रहेको बताएका छन् ।
सोमबार रुपन्देही उद्योग संघको ४५ औं साधारण सभा तथा २३ औं अधिवेशनको बुटवलमा उद्घाटन गर्दै पुर्वमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र संकटमा रहे पनि बर्तमान सरकार अर्थतन्त्र सुधार गर्नेतर्फ चासो नदिएको बताए ।
बर्तमान सरकारलाई चिर्कटे सरकारको संज्ञा दिदै उनले चिर्कटे सरकार मुलुकको आर्थिक अबस्था सुधार गर्नेतर्फ भन्दा पनि सत्ता टिकाउने चिर्कटो लेख्नमा केन्द्रीत भएको आरोप लगाए ।
बर्तमान अर्थमन्त्री मुलुकको आर्थिक अबस्थाबारे बेखबर रहेको आरोप लगाउदै उनले समस्याको बारेमा जानकारी नभएपछि कसरी समस्या समाधान हुन्छ भनि प्रश्न गरे ।
भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा सञ्चालनमा नल्याएको भन्दै उनले क्यान र पर्यटन मन्त्रालयप्रति खेद प्रकट गरे ।
रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले बर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मुलुकको समग्र विकासका लागि प्रमुख प्रतिपक्षी दलको पनि महत्वपूर्ण भुमिका रहने भन्दै मुलुकको आर्थिक अवस्था सुधार गर्नेतर्फ आवाज उठाउन प्रतिपक्षी दललाई आग्रह गरे ।
मुलुकको अर्थतन्त्र सुधार गर्ने उपायबारे आफुहरुले सरकारलाई सुझाव दिएको भन्दै उनले फौजदारी कसुरमा अग्रिम जमानतको ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ,बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संघका पुर्व अध्यक्ष बोनिन पिया,संघका महासचिब हरी बहादुर खत्री,पुरस्कृत पत्रकार शेरबहादुर केसी लगायतले मुलुकको आर्थिक अवस्था र अर्थतन्त्र सुधारबारे आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा रुपन्देहीका अग्रज पत्रकार शेरबहादुर केसीलाई उत्कृष्ठ औद्योगिक पत्रकारीता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
संघको ४५ ओैं साधारणसभा तथा २३ ओैं अधिवेशन अन्तर्गत अध्यक्षमा दिलिप पौडेलसहित १५ जना पदाधिकारी तथा सदस्यहरु निर्बिरोध निर्वाचित भइसकेका छन भने अन्य पदहरुमा भने आज मतदान भएको छ ।
प्रकाशित मिति : सोमबार, असोज २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्