बुटवल,
बुटवल उद्योग बाणिज्य संघ रूपन्देही हार्डवेयर वस्तुगत समितिले संघको २५ औं अधिवेशनबाट निर्वाचित कार्समितिलाई बधाई तथा सम्मान गरेको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अर्यालले निर्वाचनको समयमा जाे जता लागे पनि निर्वाचित भएपछि सबैको साझा भएर उद्योगी ब्यवसायीका समस्या समाधानमा लाग्ने प्रतिवद्वता ब्यक्त गरे ।
हार्डवेयर वस्तुगत समितिका सभापति अनिलकुमार गुप्ताकाे सभापतित्व र बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष हरीप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका नवनिर्वाचित बरिस्ठ उपाध्यक्ष टंक प्रसाद गैर,उद्योग उपाध्यक्ष सुरजकुमार भट्टराई,बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराई,महासचिव मुक्ति अधिकारी, समितिका सल्लाहकार नारायण प्रसाद भट्टराई सल्लाहकार अर्का सल्लाहकार मुकेश श्रेष्ठ,हार्डवेयर वस्तुगत समितिका पुर्व सभापति दीपक प्रसाद चापागाईं,समितिका उपसभापति राजन पाण्डे, सचिव धर्मेन्द्र कसाैधनलगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
प्रकाशित मिति : बुधबार, कार्तिक २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्