JanataToday.com

Advertisment

SKIP THIS

प्रदेश ५ स्थापना दिवस:सबै मन्त्रि सडक सरसफाईमा, मुख्यमन्त्रि पोखरेलले एक घण्टा सफाई गरे

प्रदेश ५ स्थापना दिवस:सबै मन्त्रि सडक सरसफाईमा, मुख्यमन्त्रि पोखरेलले एक घण्टा सफाई गरे

बुटवल । प्रदेश नम्वर ५ मा ३ दिनसम्म बिभिन्न कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाईदै छ ।

फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधारमानी प्रदेश स्थापना दिवस मनाउने निणर्य प्रदेश सरकारले गरे अनुसार प्रदेश स्थापना दिवश मनाउन लागिएको हो ।

आज पुर्वपश्चिम राजमार्गका मुख्य ६ स्थानमा प्रदेश सरकारका मन्त्रिहरुको नेतृत्वमा बिशेष सरकारसफाई गरी स्थापना दिवसको सुरु गरीएको छ ।

आज बिहान प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेल सहित ६ जना मन्त्रि बिभिन्न जिल्लामा सरसफाईमा सहभागि भएका थिए ।

मुख्यमन्त्री पोखरेल बुटवलको मनकामना चोकबाट, आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी कोहलपुर चोक बाँकेबाट, भौतिक विकासमन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तुबाट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी भुरिगाउँ, बर्दियबाट, सामाजिक विकासमन्त्री सुदर्शन बराल लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाट चोक नवलपरासीबाट सरसफाइ अभियानमा सहभागी हुनु भएको हो ।

बुटवलमा सरसफाई अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्रि पोखरेलले प्रदेश नम्वर ५ लाई सरसफाईयुक्त प्रदेश बनाउने र त्यसको अभियान मुख्य राजमार्गबाट सुरु गरीएको बताए ।

उनले स्थानीय तहको समन्वयमा सार्बजनिक बिदाको दिनमा राजमार्ग तथा सडक सरसफाई अभियान चलाइने बताए ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले प्रदेश सरकारसंग मिलेर उपमहानगरपालिकालाई सुन्दर सफा र हरीयाली बनाउने बताए ।

सरसफाई अभियानमा जनप्रतिनिधि,संघ सस्थाका प्रतिनिधि, निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सहित स्थानीय सहभागि भएका थिए ।

मुख्यमन्त्रि पोखरेल अन्य सहभागिसंगै करिव एक घण्टा मनकामना मन्दिरदेखि तिनाउ पुलसम्म सडक सफाईमा जुटेका थिए ।

प्रदेश सरकार स्थापना भएको मुख्य दिन भोली फागुन ३ गते सार्वजनिक विदा दिने घोषणा प्रदेश सरकारले गरेको छ ।

भोली बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा जम्मा भई बिहान ८ बजे र्याली सुरु हुनेछ । बुटवल मण्डपमा आयोजना हुने मूल समारोहमा प्रदेश सरकारले प्रकाशन गरेको प्रगति प्रतिवेदन सहितको स्मारिका विमोचन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रदेश स्थापना दिवसका अवसरमा तीन दिन साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैले दिपावली गरिने भएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij