विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा जारी आन्दोलन स्थगित

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा जारी आन्दोलन स्थगित

भैरहवा,५ पुस ।

भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै भएको चरणबद्ध आन्दोलन स्थगित भएको छ ।

 

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदासीन रहेको भन्दै सरकारलाई दबाब दिन सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा मंसिर २२ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरिएको थियो ।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो भन्दा छिटो नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सबै सरोकारवाला निकायले अआफ्नो क्षेत्रबाट पहलकदमी गर्ने र पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सबै निकायसँग समन्वय गर्ने प्रतिबद्धता आएपछि तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए ।

 

सञ्जालले चरणबद्ध आन्दोलन र धर्ना कार्यक्रम सञ्चालन गरेपछि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यसबारे वार्ता गर्न भन्दै गत पुस २ गतेकालागि काठमाठौं बोलाएको थियो ।

 

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष तथा सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षमता अनुरुप सञ्चालन हुन नदिनका लागि काठमाडौंमा सीमित ठूला पर्यटन व्यवसायी सहितको एउटा सिन्डिकेट समूहले काम गरिरहेको दा

बी गरे ।

 

प्रकाशित मिति : बिहिबार, पुष ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij