तिलोत्तमा २ मा रक्तदान :५३ युनिट रगत संकलन

तिलोत्तमा २ मा रक्तदान :५३ युनिट रगत संकलन

बुटवल -रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रूपन्देहीको तिलाेत्तमा नगरपालिका वाड नम्बर २ मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न  भएकाे छ । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाकाे अायाेजनामा रक्तदान गरिएकाे हाे ।
तिलाेत्तमा शाखा अध्यक्ष गोविन्द भुसालको अध्यक्षता रहेकाे कार्यक्रममा तिलोत्तमा नगरपालिका वाड नम्बर २ का वाड अध्यक्ष डिलबहादुर भट्टराईकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भट्टराईले रक्तदानकाे कार्यक्रमलाई निरन्तरता दिन अाग्रह गरेका छन् । कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका कार्यपालिका सदस्य साबित्रा पन्थी आचार्य , वडा नम्बर -२ का वडा सदस्यहरु रामकृष्ण पाठक , डाेर बहादुर थापा र पूर्णकला बि क भट्टराई , स्वंयसेवी रक्तदाता समाजका सल्लाहकार देवी वाग्ले , ईश्वर न्याैपाने , जानकी नेपाललगायतले बाेलेका थिए ।
रक्त सञ्चार सेवा केन्द्र भैरहवाकाे प्राविधिक सहयाेग रहेकाे कार्यक्रममा ५३ युनिट रगत संकलन भएकाे रक्तदाता समाजका सह काेषाध्यक्ष सम्झना न्याैपानेले जानकारी दिइन् । साे कार्यक्रममा समाजका सदस्य  ईश्वर न्याैपानेले आफ्नो जन्मदिनकाे अवसर पारेर रगत दान तथा सम्पूर्णलाई खाजा नास्ताकाे सहयाेग गरेकाे  र   एनएमबी बैककाे पनि सहयाेग रहेकाे थियाे ।
कार्यक्रममा रक्तदान गर्ने मध्येबाट ५ जनालाई गाेला प्रथाबाट विशेष पुरस्कारसमेत प्रदान गरिएकाे कार्य समिति सदस्य शङ्कर गाैतमले बताए । गाेला प्रथाबाट विजयी हुनेमा क्रमश सीता मर्साङ्गी , पुष्कर क्षेत्री , प्रकाश रिजाल , ध्रुवराज कुँवर र एलाेन थापा रहेेका छन् । साथै साेही अवसरमै समाजले हाम्रो कपाल काट्ने पसलको समेत शुभारम्भ गरेकाे हाे ।

प्रकाशित मिति : सोमबार, पुष ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij