JanataToday.com

Advertisment

SKIP THIS

दोस्रो सेभेन ए साइड नकआउट :अमवा एफ.सी र नव युवा खेलकूद तथा नव टिकुलीगढ र न्यू सृजना युवा क्लब बिच खेल हुने

दोस्रो सेभेन ए साइड नकआउट :अमवा एफ.सी र नव युवा खेलकूद तथा नव टिकुलीगढ र न्यू सृजना युवा क्लब बिच खेल हुने

रूपन्देहीको तिलोत्तमा नगरपालिका १४ मा जारी दोस्रो सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज शुक्रबार दुई खेल हुदै छन ।

शुक्रबारको पहिलो खेल अमवा एफ।सी अमवा र नव युवा खेलकूद तथा सांस्कृतिक परिवार ठुटिपिपलबिच हुनेछ भने दोस्रो खेल नव टिकुलीगढ युवा क्लब ए र न्यू सृजना युवा क्लब करौजियाबिच हुने खेल संयोजक गुरूङले बताए ।

यसअघी बिहिबार भएको पहिलो खेल पिपिसी भलबारी र माछापुच्छ्रे क्लव भैरहवाबिच भएको छ । सो खेलमा पिपिसी भलबारीले माछापुच्छ्रे क्लव भैरहवालाई ० का विरूद्ध ५ गोल गरी विजयी भएको हो । सो खेलमा पिपिसी भलबारीका जर्सी नम्बर १२ का सुन्दर बगाले म्यान अफ द म्याच भएका छन् । भने दोस्रो खेल न्यू राईज एफ।सी बभनी र योङ्ग स्टार एफ।सी मडाहाबिच भएको छ । सो खेलमा न्यू राइज एफ।सी बभनीले योङ्ग स्टार एफ।सी मडाहालाई ० का विरूद्ध २ गोल गरी विजयी भएको छ ।

दास्रो खेलमा न्यू राइज एफ।सी का सुमित मल्लाह म्यान अफ द म्याच भएको खेल संयोजक विनोद गुरूङले जानकारी दिए ।  स्वर्गीय गंगा गुरूङको स्मृतिमा यही पौष १२ गतेबाट सुरू भएको प्रतियोगिता नव टिकुलीगढ युवा क्लवको आयोजनामा भएको हो ।  प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दोस्रो हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् ।  प्रतियोगितामा सर्वाधिक गोलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । २६ समूहले प्रतिष्पर्धा गर्ने प्रतियोगिता यही पौष २५ गतेसम्म सञ्चालन हुने क्लवका सदस्य दिपक श्रीसले बताए ।

प्रकाशित मिति : शुक्रबार, पुष २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij