सरकारबाट राष्ट्रियता र सार्वभौमिकता माथि थप प्रहार : महासचिव अस्लामी

सरकारबाट राष्ट्रियता र सार्वभौमिकता माथि थप प्रहार : महासचिव अस्लामी

बुटवल

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय सरकारबाट राष्ट्रियता साथै सार्वभौमिकता माथि थप प्रहार गरेको बताएका छन् ।

 

बिद्युत उत्पादन तथा ब्यापार सम्बन्धि नेपाल र भारतबीच भएको सम्झौताको बिषयलाई लिएर उनलेे सामाजिक सञ्जालमा उनलेे उक्त टिप्पणी गरेका हुन् ।

 

नेपाल जस्तो मूलुकमा स्थानीय तह सम्मनै सम्बन्धित देशको निर्णायक हस्तक्षेप हुनेगरी सम्झौता गरिनु एक सार्वभौम मूलुकका लागि ज्यादै गम्भीर विषय उनको भनाइ छ ।

 

साथै उनलेे १० हजार मेघावाटको बिजुली उत्पादन गर्ने नाउँमा देशको प्राकृतिक श्रोत साधन (नेपालको महत्वपूर्ण श्रोत नदीनाला) भारत सरकारलाई सुम्पनु सत्ताधरिहरुको नालायकीपन हो । यस्ता घटनाक्रमले देश र जनतालाई अरु बढी परनिर्भर हुने दाबी गरेका छन् ।

 

मगन्ते चिन्तन र त्यसको अक्षरस: कार्यान्वयनले देश झनै डूब्ने उनलेे उल्लेख गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, पुष २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij