JanataToday.com

Advertisment

SKIP THIS

दोस्रो सेभेन ए साइड नकआउट फुटबलको उपाधि न्यू सृजना एफसी करौजियालाई

दोस्रो सेभेन ए साइड नकआउट फुटबलको उपाधि न्यू सृजना एफसी करौजियालाई

दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताकाे उपाधि न्यू सृजना एफसी कराैजियाले हात पारेकाे छ । रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा बुधबार भएकाे फाइनल खेलमा रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडलसहित उपाधि हात पारेकाे हाे । भने अमुवा एफसी अमुवाले रू २२ हजार २ सय २२ प्राप्त गरी उपविजेतामा चित्त बुझाएको छ । फाइनल खेलमा न्यू सृजना एफसी कराैजियाले अमुवा एफसी अमुवालाई ० का विरूद्ध २ गाेल गरी उपाधि चुमेकाे हाे । प्रतियोगितामा न्यू सृजना एफसी कराैजियाका प्रवेश क्षेत्री सर्वाधिक गाेलकर्ता बनेका छन् । भने अमुवा एफसी अमुवाका सुजन राना मगर उत्कृष्ट खेलाडी बनेका छन् ।त्यसैगरी  उदीयमान खेलाडीकाे रूपमा इन्द्र भण्डारीले रू ३५०० प्राप्त गरेकाे खेल संयाेजक विनाेद गुरूङले बताए ।

प्रतियोगिताकाे समापन गर्दै तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले खेलकाे माध्यमबाट नगरकाे गरिमालाई अझ माथि बढाउने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि उनले खेलकाे ज्यादै महत्त्व रहेकाे बताउँदै अागामी दिनमा सबै वडामा खेलकाे विकास गर्ने बताए । कार्यक्रममा कार्यपालिका सदस्य रवि सेन्चुरीले क्लवले विभिन्न समयमा विभिन्न काम गरेर सामाजिक उत्तरदायित्वप्रति अग्रसर भएको र अब छिट्टै नै नगरलाई युवामैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे । तिलाेत्तमा १४ का वडा अध्यक्ष अाश्विन पाैडेलले खेलले यस वडाकाे गरिमा बढाएकाे बताउँदै खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताए ।

कार्यक्रममा रूपन्देही फुटबल संघ अध्यक्ष लाेक पुन , स्वर्गीय गंगादेवीका छाेरा विक्रम गुरूङलगायतले बाेलेका थिए । स्वर्गीय गंगादेवी गुरूङकाे स्मृतिमा यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे कार्यक्रममा क्लवका अध्यक्ष विजय गुरूङकाे अध्यक्षता रहेकाे थियाे । प्रतियोगितामा २६ समूहले प्रतिष्पर्धा गरेकाे क्लवका सदस्य दिपक श्रीसले बताए । क्लवका सचिव शान्ति थापाकाे स्वागत रहेकाे कार्यक्रमकाे सञ्चालन बुद्धि थापाले गरेका थिए ।

प्रकाशित मिति : बुधबार, पुष २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij