तिलाेत्तमाकाे बाैद्धकालीन मन्दिर प्रचारप्रसारकाे अभावमा ओझेलमा : सम्बन्धित निकाय बेखबर ।

तिलाेत्तमाकाे बाैद्धकालीन मन्दिर प्रचारप्रसारकाे अभावमा ओझेलमा : सम्बन्धित निकाय बेखबर ।

रूपन्देहीको लुम्बिनी र देवदह , नवलपरासीकाे रामग्राम स्तुपा र कपिलवस्तुकाे तिलाैराकाेटकाे नाम भगवान गाैतमबुद्धसँग जाेडिएका परिचित ठाउँ हुन् । यी ठाउँहरूकाे विकास र प्रचारप्रसारमा हरेक तहका सरकार लागि परेका छन् भने प्रचारप्रसार र विकासका लागि कराैडाैँ रकम तिनै तहका सरकारद्वारा विनियोजन पनि भइसकेका छन् । यिनी ठाउँलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले पनि चिनेकाे छ । बुद्धसँग जाेडिएका यिनी ठाउँहरूकाे विकास र प्रचारप्रसारलाई तिनै तहका सरकारले तिब्र चर्काइरहँदा यी सबै ठाउँहरूकाे बिचमा र नजिकै रहेकाे रूपन्देहीकै तिलाेत्तमा नगरपालिकाकाे वाड नम्बर ११ काे प्राचीन बाैद्धकालीन कुवँरवर्ती मन्दिर भने अपहेलित र बेवारिसे बनेकाे छ । सिद्धार्थ राजमार्ग ड्राइभर टाेलबाट ९.५ किमि दुरीमा रहेकाे यस ऐतिहासिक पुरातात्त्विक महत्त्वकाे मन्दिरमा कुनै पनि सरकारकाे नजर नपर्दा अाेझेलमा परेकाे छ । नगरकाे वाड नम्बर ११ मद्राहानीमा अवस्थित बाैद्धकालीन साे मन्दिर प्रचारप्रसारकाे अभावमा अाेझेलमा परेकाे हाे । बुद्धसँग सम्बन्धित यस ऐतिहासिक महत्त्वकाे बाैद्धकालीन मन्दिरकाे प्रचारप्रसारकाे लागि विशेषत: तिलाेत्तमा नगरपालिकाले कुनै चासाे नदिएकाे स्थानीयकाे अाराेप छ ।
तत्कालीन नगरप्रमुख बासुदेव घिमिरेकाे कार्यकालकाे उत्तरार्धमा मन्दिर परिसरमा फूल लगाउने र सरसफाइका केही काम भएपनि त्यसबाहेक भने अरू कुनै चासाे नदिइएको स्थानीयकाे अाराेप छ । त्याे पनि स्थानीयकाे अाग्रहमा नगरले सरसफाइ र मन्दिरकाे गाेरेटाेमा पार्किङ टायल लगाउने काम गरेकाे स्थानीयले बताएका छन् ।

बाैद्धकालीन समयमा भगवान गाैतम बुद्धकी अामा मायादेवी कपिलवस्तु तिलाैराकाेट घरबाट हालकाे तिलाेत्तमा नगरपालिका ४ स्थित डिंगरनगर हुँदै माइतीघर देवदहमा अाउने जाने समयमा अाफ्नी बहिनीकाे घर साे स्थानमा पसेर विश्राम गर्ने गरेकाे किम्बदन्ती छ । मायादेवी साे स्थानमा अाएर बस्ने र विश्राम गरेकाले त्याे ठाउँकाे नाम मायारानीबाट अपभ्रंश भई मद्राहानी भएकाे भन्ने स्थानीय ७० वर्षिय वृद्ध मानबहादुर खवासले बताए । करिब तीन कट्ठा क्षेत्रफलमा फैलिएको साे मन्दिरको जग्गा बिस्तारै बिस्तारै अतिक्रमण भैरहेकाे स्थानीयले बताएका छन् । साे मन्दिरकाे अगाडिको भागमा साेही समयकै पाकडीकाे वृक्ष र पानीसहित एक इनार अहिले पनि उस्तै छ । भगवान गाैतम बुद्धकी अामा मायादेवी साेही स्थान ( मद्राहानी ) बहिनीकाे घरमा पसेर विश्राम गरी साेही इनारकै पानी पिएकाे किम्बदन्ती छ । साे इनारकाे संरक्षणका लागि स्थानीयले इनारकाे माथि एउटा सिमेन्टको ढक्कन ( बिर्को ) बनाएर त्यसलाई छाेपेका छन् । बाटाेकाे छेउमै रहेकाे याे ईनारमा बालबालिकाहरू खस्ने डरले ढक्कन बनाएर छाेपिएकाे छ भने इनारकै अाडमा अजम्बरी पाकडीकाे वृक्ष अाजसम्म पनि अडिग छ । साेही पाकडी वृक्षकै जरानिर रहेकाे ईट्टा बाैद्धकालीन नै हाे भनेर त्यहाँका स्थानीयले दावी गर्छन् । भने मन्दिरकै अाडका पनि साेही प्रकारकै ईट्टा रहेकाे छ । साेही समयकै ईट्टा ढुंगाहरू केही हराएकाे , केही फुटेकाे अवस्थामा छन् ।
तिलाेत्तमा नगरपालिकाका तत्कालीन नगरप्रमुख घिमिरेकाे पहल र स्थानीयकाे अाग्रहमा मन्दिरकाे अगाडिको गाेरेटाेमा पार्किङ टायल लगाउने र केही फूलका बिरूवाले साैन्दर्यकरण गरिएकाे छ । त्यही कामलाई भने केही व्यक्तिले बिराेध समेत गरेका छन् ।

बुद्धसँग सम्बन्धित यस पुरातात्त्विक मन्दिरकाे अवस्था भने दिनानुदिन जीर्ण छ । मन्दिरकाे वरिपरिको भागहरू चर्किएका छन् । तत्कालीन समयका काठका बलाहरू कमजाेर भएका छन् । केही वर्ष अगाडि मन्दिरकाे छानाे चुहिरहँदा मन्दिरभित्र पानी पस्ने अवस्था थियाे । स्थानीयकै पहलमा त्याे छानाे हाल भने मर्मत गरिएको स्थानीय युवा अमृत केसीले बताए । जेनतेन मन्दिर वरिपरि पर्खाल र गेट निर्माण भएका छन् । मन्दिर  परिसरमा भएका प्राचीन सामग्रीहरूकाे पनि संरक्षण नभई बेवारिसे बनेकाे उनी बताउँछन् ।
बाैद्धकालीन समयबाटै बिहान साँझ पूजा हुने साे मन्दिरमा पहिले काटमार गरी बली दिने परम्परा थियाे । तर भगवान गाैतम बुद्ध शान्तिका प्रतीक हुनाले दशकाैँ अघिबाट त्याे परम्परा हटेकाे छ । हाल साेही स्थान मद्राहानी टाेलविकास संस्थाका प्रत्येक घरका व्यक्तिले अालाेपाले गरेर पूजा गर्छन । ” प्रत्येक घरकाे एकदिन पालाे पर्छ । जस्काे पालाे पर्छ त्याे दिन उसैले सरसफाइ र पूजा गर्ने जिम्मा छ । ” मद्राहानी गाईघाट टाेल विकासका अध्यक्ष ४५ वर्षिय माेहनलाल ज्ञवालीकाे भनाइ छ । यस मन्दिर २०६३/६४ सालमा सरसफाइ र रेखदेखकाे लागि युवाहरूकाे हातमा अाएकाे थियाे ।


प्राचीन महत्त्व बाेकेकाे यस मन्दिरमा अरू केही नभए पनि भगवान गाैतम बुद्धकाे विशेष दिन बाैद्ध पूर्णिमाकाे समयमा एउटा सानाे कार्यक्रम गरेमा याे ठाउँ केही परिचित हुने अगुवा युवा सन्ताेष अर्यालले बताउँछन् । उनी भन्छन् – “नगरपलिकाकाे एकमात्र बाैद्धकालीन याे मन्दिरमा नगरले मन्दिर परिसरमै केही कार्यक्रम गर्नु पर्याे । यति भयाे भने पनि केही प्रचारप्रसार हुन्छ ।  उनले थपे  ” यस मन्दिरकाे वरपर फूलबारी , पानीका फाेहरा बनाएमा थप अाकर्षक हुने थियाे । तर हेर्न लायक पनि हुन सकेन । ”
मन्दिरकाे विकास , संरक्षण र प्रचारप्रसारका लागि भनेर २०७५ सालमा मन्दिरकै नाममा महायज्ञसमेत सञ्चालन गरिएकाे मन्दिर व्यवस्थापन समिति अध्यक्ष वेद गिरीले बताए ।

तिलाेत्तमा नगरपालिका कार्यपालिका सदस्य साथै वाड नम्बर ११ कै वाड सदस्य राधा शाहीले २०७४ काे चुनाव जितेपछि नै मन्दिरको संरक्षणका लागि वाड कार्यालयबाट प्रत्येक वर्ष बजेट छुट्टयाइएको बताइन् । उनी भन्छिन् – ” वडा कार्यालयबाट प्रत्येक वर्ष बजेट विनियोजन गरिएको छ ।  मन्दिर वरिपरी पर्खाल निर्माणका लागि बजेट बिनियाेजन गरिएकाे हाे । एकपटक प्रदेश सरकारबाट रू २० लाख रकम पनि निकासा भएकाे तर नगरबाट भने मन्दिरका लागि त्यस्ताे कुनै याेजना अहिलेसम्म भएकाे भेटेकी छैन । ”
भाैगाेलिक हिसाबले तिलाेत्तमा नगरपालिकाबाट पनि साे मन्दिर खासै टाढा छैन् । साढे नाै किमिकाे दुरीमा रहेकाे नरपालिकाले पनि यसतर्फ खासै चासाे दिएको पाइँदैन् । याे विषय पुरातत्त्व विभागकाे हाे भनेर नगर उम्केकाे पाइन्छ । ” पुरातात्त्विक स्थलकाे बारे पुरातत्त्व विभागले गर्नुपर्ने हाे । यसमा नगरले केही गर्न मिल्दैन । ” तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणकाे भनाइ हाे याे ।

भाैगाेलिकरूपमा साे प्राचीन मन्दिरबाट लुम्बिनी विकास काेष ४३ किमिकाे दुरीमा रहेकाे छ तर बाैद्धकालीन प्राचीन सम्पदाको संरक्षण , अन्वेषण र उत्खनन गर्नका लागि गठन भएकाे लुम्बिनी विकास काेष भने यसबारे अनभिज्ञ छ । बाैद्धकालीन हाे वा हाेइन भन्नेमा उत्खनन गर्नुपर्ने काेषले जनाएको छ । तर त्यसका लागि नगरलाई पटक पटक बजेट विनियोजन गर्न अाग्रह गर्दा कुनै चासो नदेखाएकाे विकास काेषका काेषाध्यक्ष सिद्धिचरण भट्टराई ( ढुंडिराज )ले बताए । उनले भने – ” साे मन्दिरमा रहेका प्राचीन वस्तुहरू नाश हुँदै गइरहेका छन् । तर उत्खनन नगरी बाैद्धकालीन नै हाे भनेर  भन्न सक्ने अवस्था छैन् । यसका लागि तिलाेत्तमा नगरपालिकाले चासाे देखाउनु पर्छ । तर पटकपटक भन्दासमेत चासाे भएकाे देखिएन् ।”


प्राचीन स्मारक संरक्षण ऐन २०१३ काे ३ (ख )अनुसार सार्वजनिक प्राचीन स्मारककाे स्वामित्व पुरातत्त्व विभागमा रहनेछ । त्यस्ता सार्वजनिक प्राचीन स्मारकहरूकाे संरक्षण , मर्मत तथा जिर्णाेद्धार पुरातत्व विभागले गर्नेछ । भनी उल्लेख गरिएको छ ।
यस मन्दिरलाई पुरातत्त्व विभागले अाफ्नाे मातहतमा राखेकाे छ भनेर त्यहाँ रहेकाे बाेर्डले पनि प्रष्ट पार्छ । तर विभागले  कहिले मातहतमा ल्याएकाे हाे र कहिले जिर्णाेद्धार गरिएकाे हाे भन्ने विभागमा कुनै तथ्यांक नभेटिएकाे विभागले जनाएको छ ।
साथै बाैद्धकालीन हाे नै भनेर पुष्टि गर्नका लागि उत्खननकाे काममा भने तत्कालैका लागि कुनै याेजना नभएको विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । उत्खननकाे टाेली हाल तिलाैराकाेट क्षेत्रमा उत्खनन गरिरहेकाले विभागले जनाएकाे छ ।

प्रकाशित मिति : बुधबार, माघ १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij