JanataToday.com

Advertisment

SKIP THIS

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल र हङकङले अङ्क बाँडेका छन् । वर्षाका कारण खेल रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् ।

घरेलु मैदान मोङ कोकमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि थप खेल हुन सकेन । हङकङका यान्शे रथले नट आउट ३६ रन बनाए । नेपालका करण केसी र गुल्सन झाले समान १ विकेट लिए ।

शृङ्खलामा  नेपाल, हङकङ र पपुवा न्यूगिनी (पीएनजी) रहेका छन् । प्रतियोगितामा पर्सि मङ्गलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । बुधवार फाइनल खेल हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

क्यानले यसअघि नै युवा खेलाडी समेटेर टी–२० खेल्ने टोलीको घोषणा गरेको थियो । नेपाल रोहित पौडेलको कप्तानीमा हङकङ भ्रमणमा छ । प्रशिक्षक मोन्टी देसाईले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij