जेष्ठ नगारिकको सेवामा उपमहानगरले ल्यायो बाआमासंग नगरप्रमुख कार्यक्रम

जेष्ठ नगारिकको सेवामा उपमहानगरले ल्यायो बाआमासंग नगरप्रमुख कार्यक्रम

घरमै स्वास्थ्य जाच गर्न पाउदा खुसी छन जेष्ठ नागरिक

बुटवल

बुटवल वडा नं २ की हुमकला न्यौपाने ७७ बर्षकी भइन । बिभिन्न स्वास्थ्य समस्याहरुसंग जुझदै आएकी उनलाइ चिकित्सकले नियमित स्वास्थ्य जाच गर्न सुझाव दिएका थिए । श्वासप्रश्वास संगै उच्च रक्तचापको समेत समस्या भएकाले उनलाइ बेला बेला अस्पताल जान निकै सकस थियो । अस्पतालको भिडभाड सम्झेरै उनलाइ दिक्क लाग्थ्यो । तर केही दिन अघि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र चिकित्सक सहितको टोली तीनै हुमकलाको घरमा पुग्यो ।  फिजिसीयन डा सुनिल सुनारले उनलाइ घरमै पुगेर स्वास्थ्य परिक्षण गरे ।स्वास्थ्य परिक्षण संगै केही बेर उनी डाक्टर सुनार र नगरप्रमुख पाण्डेय संग भलाकुसारी गरीन । बिरामी पर्दा सकिनसकी अस्पताल पुगेपनि उपचारकालागि धेरैबेर कुर्नु पर्दाको पिडा सुनाउदै न्यौपानेले नगरप्रमुख पाण्डेयलााइ धन्यवाद पनि दिइन ।‘हामी जस्ता बुढाबुढीलाइ भेटने कुरा गर्ने फुर्सद अहिले मेयर भएर पनि घरमै डाक्टर लिएर आउनु भयो धेरै खुसी छु, धेरै आर्शिवाद छ तपाइहरुलाइ’ न्यौपानेले भनीन ।

No description available.

न्यौपाने मात्रै हैन बुटवल १३ का ८५ बर्षका गोबिन्दा पन्थीले पनि लौरो टेकेर अस्पताल धाउनु पर्ने बेला घरमै डाक्टर आएर स्वास्थ्य परिक्षण गरीदिएको भन्दै खुसी व्यक्त गरे । ‘अस्पताल सम्म पुग्न अरुको सहारा चाहिने बेला हामी जस्ता बृद्धबृद्धालाइ सम्झीएर डाक्टर र मेयर घरमै आउदा सरकारै आए झै भयो,निकै खुसी लागेको छ’ पन्थीले भने । घरदैलोमै स्वास्थ्य सेवा पाइने भएपछि मंहगो शुल्क तिरेर अन्त उपचार गराउन जानुपर्ने बाध्यता हटेको उनले सुनाए । ज्येष्ठ नागरिक तथा फरक क्षमताका नागरिकहरुलाइ सहज स्वास्थ्य सेवा उपलब्ध गराउन उनीहरुको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरीने कार्यक्रम बाआमासंग नगरप्रमुख कार्यक्रम संचालन भएपछि बुटवलका ज्येष्ठ नागरिकहरु निकै खुसी भएका छन् ।No description available.बुटवल १२ का ८६ बर्षीय रत्न प्रसाद सापकोटाले आफ्नो घरमै यस्तो खालको सेवा पाइएला भनेर कहिल्यै नसोचनेको बताए । सारै खुशी लागेको छ, कहिल्यै नसोचेको कुरा भयो, ‘हामी जस्ता स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने गाह्रो हुनेहरुकालागि लागि यस्तो कार्यक्रम धेरै राम्रो छ’ सापकोटाले भने । बुटवल ११ का ८५ वर्षीय दुर्गाबहादुर गौतमले पनि ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधी दिँदा राहत महशुस हुने बताए । स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिकहरुकालागि लागि यो कार्यक्रम राम्रो र उपयोगी भएको उनले बताए ।व्यस्त जीवनशैलीका कारण कतिपय अवस्थामा समयमै स्वास्थ्य संस्था पुग्न नसकेका, हेरचाहबाट बञ्चित भएका वा आर्थिक अभावका कारण पनि उपचारबाट बञ्चित हुन पुगेका ज्येष्ठ नागरिकहरुलाइ मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले संचालन गरेको चिकित्सकसहितको टोलीले जेष्ठ नगारिकको घरमै पुगेर चेकजाँच गर्ने बाआमासंग नगरप्रमुख कार्यक्रम प्रभाबकारी देखिएको ब महिला स्वास्थ्य स्वयमसेविका गिरा बरालले बताइन । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई जोड दिएर सञ्चालन गरीएको कार्यक्रम एकदमै राम्रो र उपयोगी रहेको अर्की स्वास्थ्य स्वयमसेविका मनरुपा थापा बताउछीन ।

No description available.

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकको विशेष सम्मानमा उनीहरुका आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा सुरु गरेको बताए । घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका नागरिकका लागि सहज होस् भन्ने उद्देश्यले बाआमा संग नगरप्रमुख कार्यक्रम मार्फत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा घरदैलोमा पुर्याउन थालीएको उनले बताए। बुटवलले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा विशेष चासो दिएको भन्दै उनले आगामी वर्षमा यो कार्यक्रमलाई अझ बृहत रुपमा संचालन गर्ने पनि बताए ।

  गत माघ २२ गते बुटवल १२ तामनगर स्थित प्रगति टोलकी ११०वर्षीयऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर सुरु गरीएको बाआमासंग नगरप्रमुख कार्यक्रममा अहिले सम्म १७वटा वडामा संचालन भइसकेको छ । वडा नं २, ३,५ ६ ७ ८ ९ १० ११, १२ १३ १४ १६ १७ १८ १९ मा यो कार्यक्रम भइसकेको छ र बाकी वडाहरुमा पनि नियमित संचालन हुने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । वडा नम्बर ४ र१५मा कार्यक्रम चलिरहेको छ । स्वास्थ्य शाखा प्रमुख पाण्डेका अनुसार वडा नं १ मा ६२, २ मा १ सय २९, ३ मा १ सय ७६, ५ मा ६२, ६ मा १सय १९ , ७ मा १सय २८, ८ मा १सय४०, ९मा १सय ३४, १० मा १सय ३३, ११मा २सय २७ , १२ मा १ सय ९ त्यस्तै वडा नं १३ मा १ सय ६ जनावडा नम्बर १४ मा १सय५५ र वडा नं ६ मा १सय २३ वडा नम्बर १४ मा १सय५५ , त्यस्तै १७ अनि १८ मा २सय २३ , र वडा नम्बर १९मा १सय६५ जनालाइ सेवा प्रदान गरीएको छ । अहिले सम्म करिब १५सय जेष्ठ नागरिक तथा आपङ्गता भएका व्यक्तिहरुले सेवा लिएको पाण्डेले बताए।

No description available.

अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थी, फिजिसियन डा सरोज थापा लगायतका विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले जेष्ठ नगारिक र फरक क्षमता भएका व्यक्तिहरुलाइ घरमै पुगेर स्वास्थ्य परीक्षण गर्छन । अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरू समेत निशुल्क उपलब्ध गराइन्छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले घरदैलोमा पुग्ने यस्तो सुविधाले जेष्ठ नागरिक र फरक क्षमताका नागरिकलाई निकै सहज हुने बताए। कार्यक्रम निकै सान्दर्भीक र राम्रो रहेको भन्दै उनले स्वास्थ्य क्षेत्रबाट बुटवल उपमहानगरपालिकालाई सक्दो सहयोग गर्ने बताए । अहिलेको जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग जस्ता जटिल रोगका बिरामीका लागि यो कार्यक्रमले राहत दिने बताउछन चौराहा हस्पिटलका वरिष्ठ फिजिसियन डा सरोज थापा । नगरपालिकाले संचालन गरेको बाआमासँग नगरप्रमुख कार्यक्रम उपयोगी रहेकाले यसको कार्यान्वयनमा सक्दो सहयोग गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij