JanataToday.com

Advertisment

SKIP THIS

राष्ट्रिय टी-२० क्रिकेट : कर्णालीमाथि लुम्बिनीको सहज जित

राष्ट्रिय टी-२० क्रिकेट : कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ,
काठमाण्डौमा जारी वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट च्याम्पियनशिपमा लुम्बिनी प्रदेशले कर्णालीमाथि सहज जित निकालेको छ ।

कर्णाली प्रदेशलाई हराउँदै लुम्बिनीले प्रतियोगितामा दोस्रो खेल जितेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

जितसँगै लुम्बिनीले ३ खेलबाट ४ अङ्क जोडेको छ। यसअघि गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको लुम्बिनी मधेशसँग २७ रनले पराजित भएको थियो।

कर्णालीले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि कप्तान देव खेनालले २९ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ५१ रन बनाए। यसैगरी मृणाल गुरुङले १३ रन जोड्दा विराट भण्डारीले अविजित १० रन बनाए ।

कर्णालीका लागि कप्तान दिवान पुनले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको बनाएको थियो ।

उसका लागि अर्जुन घर्तीले सर्वाधिक २८ रनको योगदान दिए भने दिवान पुनले १२ तथा दीपेन्द्र रावलले ११ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका देव खनाल‚ अविशेक गौतम र वीर मगरले २/२ विकेट लिए भने निर्मल गुरुङ, कृष्ण कार्की र नर सार्कीले १/१ विकेट लिए ।

प्रकाशित मिति : बिहिबार, बैशाख ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij