बुटवलमा रहेको वागेश्वरी कला तथा संगीत एकेडेमीले आफ्नो रजत जयन्ती मनायो

बुटवलमा रहेको वागेश्वरी कला तथा संगीत एकेडेमीले आफ्नो रजत जयन्ती मनायो

बुटवल मिलनचोकमा रहेको वागेश्वरी कला तथा संगीत एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ । वागेश्वरीकाे अाफ्नै थियटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं वर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले कला र साहित्यको क्षेत्रमा सहकार्य गरेर काम गर्न उपमहानगरपालिका सधै तयार रहेको बताए । साथै उनले नेपाली कला र संस्कृतिको जर्गेना गर्न सबै लाग्नुपर्ने बताए । पश्चिमी कला र संस्कृतिका कारण नेपाली कलाको मौलिकता हराउँदै गएकाे भन्दै यसको संरक्षण र प्रवर्द्धनमा राज्यले पहल कदमी गर्नुपर्ने बताए । संघीय राजधानी बाहिर अहिले पनि कला , संस्कृति , साहित्यको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको भन्दै बुटवल उपमहानगरपालिका सधै कलाको सम्मान गर्न प्रतिवद्ध रहेको बताए ।

साे कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार डाक्टर घनश्याम न्याैपाने परिश्रमीले कला र साहित्यले नै मानव जीवन सार्थक हुने बताए । उनले कलाकै कारण मानव महान बन्ने बताए । उनले कला र साहित्य बिनाकाे जीवनकाे कुनै अर्थ नहुने बताउँदै साहित्य र कला क्षेत्रलाई सबैले माया गर्न जरुरी रहेकाे बताए । कुनै पनि अविभावकले अाफ्ना छाेराछाेरीहरूलाई कलाकारितामा लाग्न उत्प्रेरित गर्न नसक्दा कला र साहित्य क्षेत्र अाेझेलमा परेकाे बताए ।

एकेडेमीका सञ्चालक लालिमा श्रेष्ठले २५ वर्षको अवधिमा एकेडेमीबाट हजारौं विद्यार्थीहरुले कला र संगीतकोे ज्ञान लिएको बताईन । साथै उनले कला र संस्कृतिसँग जोडिएका प्रतिष्ठान र संस्थालाई राज्यले उपेक्षा गरेको भन्दै नेपाली कला र संगीत जीवन्त राख्न प्रतिष्ठान र संस्थाहरुलाई राज्यले संरक्षकत्व दिनुपर्ने बताईन ।

एकेडेमीका व्यवस्थापक दावा शेर्पाले एकेडेमीले २५ वर्ष पार गर्नु सामान्य विषय नभएको भन्दै यसले समाजलाई दिएको योगदानको चर्चा हुनुपर्ने बताए ।

कार्यक्रममा एकेडेमीका विभिन्न विधाका प्रशिक्षक र विद्यार्थीहरूकाे गायन र नृत्यका प्रस्तुतिहरू रहेका थिए । भारतका वरिष्ठ गुरु नारदमणि त्रिपाठी शास्त्रीय गायनको  प्रस्तुति रहेकाे थियाे । साथै कार्यक्रममा विशेष प्रस्तुतिका रूपमा अतिथि कलाकार चर्चित बाँसुरी बादक नगेन्द्र विक्रम राई र लिबुलुङ राईकाे बाँसुरीकाे वादन , वरिष्ठ तबला बादक निमेश कपालीकाे तबला बादन प्रस्तुति , युवराज गुरूङद्वारा भरतनाट्यम नृत्यकाे प्रस्तुति रहेकाे थियाे ।
साे अवसरमै चित्रकला प्रशिक्षक शुदर्शन पन्थकाे चित्रकलाकाे प्रस्तुति रहेकाे थियाे ।

सो अवसरमा एकेडेमीलाई याेगदान पुर्याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्र र सम्मानपत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा एकेडेमीलाई योगदान पुऱ्याउने संस्थापक अध्यक्ष सुरेश सेन्चुरी, भारतका वरिष्ठ गुरु शरदमणि त्रिपाठी , ध्रुपद गुरु विशाल भट्टराई , पूर्व छात्रा तेरिया फौजा मगर र प्रशिक्षक प्रेम नेपालीलाई विशेष सम्मान गरिएको थियो ।

पछिल्लो समय वागेश्वरी संगीत र नृत्य सिक्नेको लागि पहिलो रोजाइ बनेकाे छ भने बाध्यवादनका पनि कक्षाहरू सञ्चालन भैरहेका छन् । एकेडेमीको मणिग्राम शाखाबाट पनि विभिन्न विधाका कक्षाहरू सञ्चालन भैरहेकाे एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij