रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने

रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने

गुल्मी,।

आजदेखि गुल्मीको रिडी–तम्घास सडकखण्ड एक महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी रिडी–तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।

सडकका केही ठाउँमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ ।

गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने यो मुख्य सडक निकै साँघुरो र जिर्ण थियो । यसलाई विस्तार गरेर ७।७५ मिटर चौडाइको बनाइने छ । सडक चौडा पार्न गत चैत महिनामा पनि करिब एक महिनासम्म सवारी आवागमन बन्द गरिएको थियो ।

सडक स्तरोन्नती गर्ने जिम्मा समानान्तर इलाइट जेभीले पाएको छ । २०७९ साल फागुन २८ गते सम्झौता भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ । १ अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरोन्नती र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij