बुटवल
बुटवल लेडी जेसीजको आयोजनामा “नैतिक शिक्षा तथा कुशल अभिभावक तालिम सम्पन्न भएकाे छ । साेमबार बुटवलको नवीन अाैद्याेगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममा रुपन्देही शिक्षा तालिम केन्द्रका प्रमुख हरि अर्यालको प्रमुख आतिथ्यतामा प्रशिक्षण सम्पन्न भएको हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अर्यालले अहिलेकाे समयमा नैतिक शिक्षाकाे जरुरी रहेकाे बताए । उनले बालबालिकालाई सानैदेखि संस्कारी बनाएमा नैतिक शिक्षा व्यवहारिक हुनेमा जाेड दिँदै यसमा अभिभावक , विद्यालयका शिक्षक र बालबालिका सबैकाे भूमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत , रोमनाथ घिमिरे र पूर्व अध्यक्ष सिनेटर मन्जु भुषाललगायतले बाेलेका थिए ।
साथै कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सहयोग गर्ने मातृशाखा अध्यक्षजेसी विनोद घिमिरे , निवर्तमान अध्यक्ष कमला लम्साल , सल्लाहकारहरु सिनेटर राधिका पाेखरेल ,जेसी कल्पना पाण्डे , जेसी अनुपमा श्रेष्ठ , पूर्व अध्यक्ष सिनेटर मन्जु भूषाल , प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक हरि अर्याल , कार्यक्रम संयोजक उषा बेलबासे , नवीन विद्यालय परिवार , अभिभावक , वाेर्डका पदाधिकारीहरु तथा सदस्यहरु लगायत सबैलाई अध्यक्ष संगीता ढकालले धन्यवाद व्यक्त गरेकी छन् ।
अध्यक्ष ढकालको अध्यक्षतामा भएकाे कार्यक्रममा संयोजक जेसी उषा बेलवासेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा जेसी बसन्ता घिमिरेले जेसीज आस्था पाठ , गरेकाे कार्यक्रमको सञ्चालन महासचिव जेसी रुपा श्रेष्ठले गरेकी थिइन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्