आफुहरुको महाधिवेशनपछि कम्यूनिष्ट पार्टीहरुमा वैचारीक भुकम्प जान्छ : महासचिव भुसाल

आफुहरुको महाधिवेशनपछि कम्यूनिष्ट पार्टीहरुमा वैचारीक भुकम्प जान्छ : महासचिव भुसाल

रूपन्देही
नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफुहरुको महाधिवेशनपछि नेपालका कम्यूनिष्ट पार्टीहरुभित्र सैद्धातिक बैचारीक भुईँचालो जाने दावी गरेका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आगामि असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले भुईँचालोका रुपमा ऐजेन्डा आउने हुन् ।
‘जसरी एउटा ठूलो भुईँचालोपछि नयाँ शहरहरु सृजना हुन्छन्, त्यसैगरी नेपालको कम्यूनिष्ट आन्दोलन पनि नयाँ तरिकाले अगाडि बढ्नेछ’ उनले भने । महासचिव भुसालले महाविधेशनपछि नेपालका कम्यूनिष्ट पार्टीहरुलाई धु्रविकृत गराउने समेत बताए ।
उनले नेपालको कम्यूनिष्ट आन्दोलनले समाजवादी कार्यक्रम आउन नसकेको बताउँदै विचार, सिद्धान्त र कार्यक्रमले आफुहरु ठिक ठाउँमा रहेको बताए । ‘छोडदिनुस् जति हन्डर खाईयो, खाइयो’ कार्यकर्तालाई आश्वस्त पार्दै भुसालले भने –‘खाने जती धक्का खाईयो, अब कार्यक्रम, संगठन र विचारका हिसाबले मजबुद दस्तावेज ल्याउँछौं ।’ उनले समाजवादीले धक्का खाने ठाउँ पनि अब नरहेकाले अब ऐजेन्डाबाटै विचारको नेतृत्व गर्ने बताए । उनले नेकपा एमाले आफुहरुले बनाएको पार्टी भएको भन्दै ओली सुध्रिएको हो की भन्ने लागेको बताए ।
महासचिव भुसालले प्रचण्ड र एमाले अध्यक्ष केपि ओली दुवै थाकेर बनेको गठबन्धनमा आफुहरु पनि सहभागी बनेको बताए ।‘प्रचण्ड जी काँग्रेस लडे थाक्नुभयो, एमाले अध्यक्ष केपि ओली जी पार्टीभित्रको अन्तरविरोध पार्टी भित्रको प्रश्नले थाकेपछि गठबन्धन बनेको हो ’ उनले भने –‘यो कति लामो समय जान्छ, त्यो ओली जीको व्यवहारमा भर पर्छ ।’
उनले गठबन्धन ओलीकै कारण खतरामा रहेको पनि संकेत गरे । ‘गरिएको सम्झौता उल्ल्घन गर्ने, सहमती उल्लघन गर्ने यो नेकपा एमालेमा ओली जी आएदेखि भइरहेको छ, उहाँ हुँदा अलिअलि हुने कुरा हामीलाई थाहा भएकै’ होउनले भने –‘त्यो चुँडिने गरी नतान्नुस अन्यथा क्षती हुनेछ।’ उनले सुदुरपश्चिम प्रदेशमा समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन किचकिच गरेको तर्फ संकेत गर्दै उनले सहमती चुडिने गरी नतान्न आग्रह गरे । उनले विगतमा काँग्रेसँगको गठबन्धनमा आफुहरुको भूमिका हस्तक्षेपकारी नभएको बताउँदै अहिले आफुहरु झगडा गर्ने अवस्थामा आइपुगेको बताए ।
त्यस्तै पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुलीले आफुहरु जनताको पक्षमा काम गर्नका लागि विद्रोह गरेर मैदानमा होमिएको बताए । उनले एमालेलाई शक्तिशाली बनाउन विगतमा मिहिनेत गरे पनि पार्टीले वाचा पुरा नगरेपछि विद्रोह गरिएको बताए । उनले जनताको समस्या समाधान गर्नका लागि नै नेकपा (एस) पार्टी ल्याइएको दावी गरे ।
नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेले आफुहरुकै कारण संविधानको रक्षा भएको बताए । उक्त अवसरमा विद्रोह कुनै रहरले नगरिएको बताए । उनले एमालेबाट विद्रोह गरेर संविधान बचाएको दावी गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादव, रुपन्देहीका कार्यबाहक अध्यक्ष श्रीराम यादव, उपाध्यक्ष चिन बहादुर गुरुङ, उपसचिव टंक पोखरेल, विजय लक्ष्मी राय लगायतले बोल्दै समाजवादी पार्टीले जनताको मुद्धा उठाइरहेको बताए । उक्त अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायत परित्याग गरी ३५० जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । पार्टी महासचिव भुसालले पार्टी प्रवेश गरेकाहरुलाई टिका लगाएर स्वागत गरेका हुन ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij