काठमाण्डौं । नेपाल संगीत उद्योग संघद्वारा प्रदान गर्ने ‘अथक शान्त साधक बिश्वनाथ केडिया’ तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ को सर्वोकृष्ट मोडलको उपाधी मोडल एवं कलाकार प्रेम थापाले पाएका छन् । “नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्यवसायीक एकता सहितको हाम्रो पहिचान” भन्ने मुल नाराकासाथ संचालित म्युजिक अवार्ड २०८१ को ग्राण्ड फिनालबाट थापाले सर्वोकृष्ट मोडलको उपाधी चुमेका हुन । सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुषको अवार्ड जाम सुस्तै सुस्तै बेनी बजारैमा लोकदोहोरी गीतबाट थापाले उक्त उपाधी प्राप्त गरेका हुन । बागलुङमा जन्मिएका थापा विगत १ दशक देखी गित संगित र मोडलिङ क्षेत्रमा सक्रिय छन् । उनका एक दर्जन बढि गितहरुको म्युजिक भिडियोमा अभिनय गरी सकेका छन् । यसका साथै सर्वोकृष्ट निर्देशकको रुपमा तिमी र म जाम माया गितका निर्देशक काजिस श्रेष्ठ ले उपाधी प्राप्त गरेका छन । नेपालको मौलिक कला संस्कृतीलाई बचाइ राख्न यस्ता अर्वाडहरुले ठूलो भूमिका राख्ने नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगरले बताए । कार्यक्रममा संगीतका विभिन्न २९ विधाका कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा पुर्व मन्त्री परिषदका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सवै अर्वाड विजेतालाई सम्मान गरेका थिए । म्युजिक अवार्ड २०८१ को फाइनल अवार्ड कार्यक्रममा कुमार बस्नेत, उदय सोताङ राई, मनिला सोताङ र हरी गोपाल प्रधानलाई दशक गायक सम्मान २०८१ बाट सम्मान गरिएको थियो। त्यसैगरी, कमला सुवेदी र सावित्री खड्कालाई महिला उद्यमी सम्मान दिएको थियो भने, ईशा लोहागुन कौशललाई महिला ध्वनी सम्पादकको रुपमा सम्मान गरिएको थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्