बुटवल
रूपन्देहीको बुटवलमा डिजिटल समयलाई मध्यनजर गर्दै ब्रान्डिङ एण्ड डिजिटल प्रिसेन्स फर फेसन प्राेफेस्नल्स तालिम सञ्चालन गरिएको छ । हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरकाे अायाेजनामा साेमबार तालिम सम्पन्न भएको हाे । ट्रेनिङ सेन्टरका नयाँ तथा पुराना विद्यार्थीहरूका लागि साे तालिम सञ्चालन गरिएको सेन्टरका अध्यक्ष हिरा पेग्नीले बताइन् ।
टिक्न र बिक्नको लागि निरन्तर सिकाई आवश्यक रहेकाे बताउँदै समयकाे मागलाई ध्यानमा राख्दै तालिम दिइएको सेन्टरका अध्यक्ष पेग्नीकाे भनाइ छ ।
कार्यक्रममा अाइडिया फ्युजनका सिइयाे , डिष्ट्रिक पब्लिक इमेज काे चियर अफ राेटरी इन्टरनेशनल तथा इड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले प्रशिक्षण दिएका थिए । प्रशिक्षक गुप्ताले याे समय जाे काेहीले पनि समय र प्रविधिसँग अाफूलाई अभ्यस्त गराउन जरुरी रहेकाे बताए । उनले जुनसुकै पेशा र व्यवसायमा डिजिटल माध्यम अावश्यक रहेकाे बताउँदै समयसापेक्ष अाफूलाई परिवर्तन गर्न सक्नुपर्ने बताए । प्रशिक्षणमा नयाँ तथा पुराना गरी करिब ४३ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे सेन्टरले जनाएको छ । सहभागी विद्यार्थीहरूले समयसापेक्ष तालिम पाएकाे खुसी व्यक्त गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्