राष्ट्रिय युवा संघ नेपालकाे ३५ औ स्थापना दिवसकाे अवसरमा मानव सेवा आश्रम बुटवलमा भाेजन

राष्ट्रिय युवा संघ नेपालकाे ३५ औ स्थापना दिवसकाे अवसरमा मानव सेवा आश्रम बुटवलमा भाेजन

बुटवल

राष्ट्रिय युवा संघ नेपालकाे ३५ औ स्थापना दिवसकाे अवसरमा
मानव सेवा आश्रम बुटवलमा स-प्रेम भाेजन गराइएको छ ।साईवर सर्कल विभाग लुम्बिनी प्रदेश कमिटीकाे आयोजनामा अाश्रमका अाश्रिहरूका लागि स प्रेम भाेजन गराइएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य किरण नेपालले युवा संघले सामाजिक र रचनात्मक कार्यमा अाफूलाई समर्पित गरेकाे बताए । स्थापना दिवसकाे अवसरमा युवा संघले सामाजिक कामलाई प्राथमिकतामा राखेकाे बताउँदै अाउने अन्य समयमा पनि यस किसिमका कामलाई निरन्तरता दिन अाग्रह गरे ।

साईवर सर्कल विभाग प्रदेश प्रमुख शंकर पाण्डेकाे अध्यक्षता रहेकाे कार्यक्रममा प्रमुख अतिथि किरण नेपाल अन्य अतिथिहरु राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य वुद्धि थापा , केन्द्रीय विज्ञ परिषद उप- प्रमुख दिनानाथ भट्टराई , प्रदेश अध्यक्ष सुरज खरेल , केन्द्रीय सदस्यहरु मनाेज गाैचन , कल्पना पाडे मगर , श्रद्धा कुँवरलगायतकाे उपस्थिति रहेकाे थियाे ।
राष्ट्रिय युवा संघ केन्द्रीय लेखा आयोग सदस्य ईश्वर न्याैपानेले सञ्चालन गरेकाे कार्यक्रममा मानव सेवा आश्रमका अविभावक शेर बहादुर गाैतमले आश्रमका बारेमा भनाइ राख्दै स्वागत गरेका थिए ।

 

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij