नेकपा एमालेकाे दशाैँ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाैट

नेकपा एमालेकाे दशाैँ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाैट

नेकपा एमालेकाे दशाैँ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाैट गरिएको छ । रूपन्देहीका १६ वटै स्थानीय तहमा एकैसाथ वडा तहबाट अधिवेशनका लागि प्रतिनिधि छनाैट गरिएको हाे ।

प्रतिनिधि छनाैटअन्तर्गत तिलाेत्तमा नगरपालिकाकाे  वडा नम्बर १ बाट १० जना प्रतिनिधि छनाैट गरिएकाे छ । शुक्रबार प्रदेश कमिटी सदस्य टिकाराम घिमिरेकाे प्रमुख अातिथ्यतामा अधिवेशनका लागि १० जना प्रतिनिधि छनाैट गरिएकाे वडा नम्बर १ कमिटी अध्यक्ष गाेविन्द अर्यालले बताए ।
युवा र समावेशिसहित अन्य खुल्लामा र महिला तीन जना गरी जम्मा १० जनाको प्रतिनिधि छनौट गरिएकाे जिल्ला कमिटी सदस्य तथा संयाेजक मिना भण्डारीले बताइन् । छनाैट भएका प्रतिनिधिहरू सुरेन्द्र गुरुङ , तामनाथ पाण्डे , नारायण बहादुर कार्की , टाेपलाल भण्डारी , फर्सुराम गिरी , गाेविन्द प्रसाद अर्याल र प्रेम कुमार केसी रहेका छन् भने महिलातर्फ तुलसी न्याैपाने , कमला ज्ञवाली क र कमला ज्ञवाली ख रहेकाे संयाेजक भण्डारीले बताइन् । दलित तर्फको प्रतिनिधि छनौट १५ सदस्य सङ्ख्या बराबर १ हुने गरी समता भवन भलवारीमा दलित सदस्यहरूको छुट्टै कार्यक्रम गरिएकाे थियाे ।
कार्यक्रममा प्रदेश कमिटी सल्लाहकार उमापति न्याैपाने , टिकानिधि गाैतम , जिल्ला कमिटी  सल्लाहकार पुष्करनाथ पन्थ , वाड कमिटी उप सचिव गितादेवी न्याैपानेलगायतले बाेलेका थिए ।
सबैभन्दा बढी पार्टी सदस्यता रहेकाे वाड तिलाेत्तमाकाे वाड नम्बर १ मा रहेकाे वाड कमिटीले जनाएको छ । यहि ज्येष्ठ २३ र २४ गते नेकपा एमाले रूपन्देही जिल्ला कमिटीको दशाैँ अधिवेशन भैरहवामा हुँदैछ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij