बुटवल, ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा सुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ चल्ने मेला संयोजक लोकनाथ भुसालले जानकारी दिए ।

मेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको हो । रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ । मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिने छ ।

जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला, मधेश प्रदेशमा र गण्डकी प्रदेशको पोखरामा पनि सम्पन्न भइसकेको छ । रोजगार मेला कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा यही जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते सञ्चालन भएको थियाे ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लागेको श्रमाधान रोजगार मेलामा करिब ५० वटा विभिन्न सरकारी तथा व्यवसायिक संघसंस्थाहरुको स्टल रहेको छ । उक्त मेलामा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पान्डेलगायतले कार्यक्रम पश्चात् मेलाको अवलोकन गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्