लुम्बिनी प्रदेश : स्थानीय सेवा सम्बन्धि विधेयक समितिबाट पारित

लुम्बिनी प्रदेश : स्थानीय सेवा सम्बन्धि विधेयक समितिबाट पारित

बुटवल,१७ साउन ।

लुम्बिनी प्रदेशसभाको प्रदेश मामिला तथा कानुन समितिले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

 

बुधबार बसेको समितिको २७ औं बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

समितिमा दफाबार छलफलपछि पारित भएको प्रतिवेदन सहितको विधेयक प्रदेशसभाको बैठकमा पेस गर्ने कार्यक्रम छ ।

 

विधेयकमाथि २९ जना प्रदेश सभा सदस्यले संशोधन राखेका थिए । उनीहरूसँग पनि दुई चरणमा दफाबार छलफल गरिएको समितिका सदस्य भुवनेश्वर चाैधरीले जानकारी दिए ।

 

विधेयकमा स्थानीय तहका कर्मचारी सरूवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने, प्रमुख प्रशासकीय अधिकृतले दैनिक रूपमा आफूले गरेको कार्य सम्पादनको विवरण अध्यक्ष वा मेयरलाई पेस गर्नुपर्ने र स्थानीय तहअन्तर्गतका कर्मचारीको दैनिक कार्य सम्पादनको विवरण कार्यालयमा पेस गर्ने उल्लेख रहेको छ । महिनावारी हुँदा पाउने बिदाको व्यवस्था पनि विधेयकमा गरिएको छ ।

 

त्यस्तै गर्भवती महिलालाई उल्लेखित बिदा अपुग भएमा विज्ञ चिकित्सकको सिफारिसमा ६ महिनासम्म बिदा पाउने अधिकार हुनेछ । प्रसूति बिदा पाएका कर्मचारीलाई शिशु स्याहारको लागि शिशु स्याहार खर्च दिइने विधेयकमा उल्लेख छ । प्रदेश सभाबाबाट विधेयक पारित भएपछि कल्याणकारी कोष तथा पुरस्कारको व्यवस्था र करारका कर्मचारीले स्थानीय सेवाको कर्मचारीले पाएसरह बिदा पाउनेछन् ।

प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij