बुटवल
बुटवल १३ बेलबासमा माेटरसाइकल र स्कुटर ठाेक्किदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।
सोमबार विहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारकोक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छिन् ।
साथै मोटरसाइकका चालक कपिलबस्तुकोवाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् ।
घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, साउन २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्